२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा नक्कली पत्रकारहरुको बिगबिगी प्रेस टासेर चलाएको कार दुर्घटना पछी फरार प्रहरी खोज्दै

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

एबिसी संचार दाङ तुलसीपुर बुधबार राति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अस्वारा ओरालामो एउटा ‘प्रेस’ लेखेको रातो कार दुर्घटना भयो। दु’र्घटना पछि चालक सहित सबै यात्रु फ’रार रहे। सडकको लिक छोडेर केही पर पुगेको कारको अगाडि प्रेस लेखेर टाँसिएको थियो। घटनास्थल पुगेको प्रहरीले चिनजानका तुलसीपुर क्षेत्रका पत्रकारलाई धमाधम फोन गरेर सोधिखोजी थाल्यो।
पत्रकारले जवाफ दिए- तुलसीपुर क्षेत्रमा मात्रै होइन दाङ जिल्लामै रातो कार भएको पत्रकार कोही छैन। दु’र्घटनामा परेको कारमा कोही थिएन। तर लाइट भने बलिरहेकै थियो। स्थानीयका अनुसार बेलुका साढे ७ बजेतिर बा ११ च ३७०३ नम्बरको कार दु’र्घटना मा परेपछि दुई तीन जना मानिस लरखराउँदै निस्किएर भागेका थिए।
‘रक्सीले मा’तेका जस्तै देखिन्थे’ प्रत्यक्षदर्शी एक स्थानीयले भने ‘प्रहरी आउँछ र्याकिङ गर्छ भन्दै छिटो उनीहरू कार छोडेर खेतैखेत भागे।’ उनीहरू पश्चिमबाट तुलसीपुर बजारतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिए । प्रहरी बुधबार बेलुका जति प्रयास गर्दा पनि कारमा सवार मानिसहरू को थिए ? भन्ने पत्ता लगाउन सकेन।
बेलुका अबेर प्रहरीले उक्त कार प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर राख्यो। कारको नम्बरको आधारमा प्रहरीले अनुसन्धान थाल्यो। बिहीबार बिहान कार कालिका मालिका प्रालिका अध्यक्ष दीलिप बिकले प्रयोग गरेको भन्ने खुल्न आयो । ‘कार कसको हो भन्ने अनुस न्धानकै क्रममा छ,’ इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले भने दुर्घटना हुनुअघि भने बिकले चलाएको पुष्टि भएको छ।’
बिक फ’रार रहेको र उनको खोजी कार्य जारी रहेको डिएसपी योगीले बताए। ‘चालक र त्यसमा सवार सबैले अत्याधिक म’दिरा सेवन गरेको भन्ने स्थानीयले बताएका छन्,’ उनले भने, ‘सायद त्यही त्रा’सले उनीहरू कार छोडेर भागेको हुनुपर्छ ।’  साभर सेतोपाटिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]