१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

चेम्बरद्वारा सिसहनियाँमा तरकारी बिक्री स्थल व्यवस्थित

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

ओमप्रकाश गुप्ता
सिसहनियाँ १ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार देखि चेम्बरले सामाजिक दुरी कायम गराउन रेखाङकन गरेको चेम्बरका सचिव गोपाल खत्रीले जानकारी दिएका छन् । बजारको सिसहनियाँ महदेवा जाने बाटो देखि पश्चिममा सर्वोदय मावि जाने बाटो सम्म ४० जना सम्म बस्न सक्ने गरि रेखाङ्कन बनाइएको छ । सिसहनियाँ बजारमा दैनिक रूपमा ३५-४० जना कृषकहरू वडा नम्बर ५,६,७ र ८ बाट अाउने गरेका छन् भने दैनिक तरकारी किन्ने ग्राहक १ सय भन्दा बढी अाउने गरेका छन् । निकट भविष्यमा सिसहनियाँ बजारमा नेपाल भरिको तरकारी होलसेल हव बनाउने लक्ष्य रहेको चेम्बरका दोस्रो उपाध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!