२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चेम्बरद्वारा सिसहनियाँमा तरकारी बिक्री स्थल व्यवस्थित

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

ओमप्रकाश गुप्ता
सिसहनियाँ १ जेठ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार देखि चेम्बरले सामाजिक दुरी कायम गराउन रेखाङकन गरेको चेम्बरका सचिव गोपाल खत्रीले जानकारी दिएका छन् । बजारको सिसहनियाँ महदेवा जाने बाटो देखि पश्चिममा सर्वोदय मावि जाने बाटो सम्म ४० जना सम्म बस्न सक्ने गरि रेखाङ्कन बनाइएको छ । सिसहनियाँ बजारमा दैनिक रूपमा ३५-४० जना कृषकहरू वडा नम्बर ५,६,७ र ८ बाट अाउने गरेका छन् भने दैनिक तरकारी किन्ने ग्राहक १ सय भन्दा बढी अाउने गरेका छन् । निकट भविष्यमा सिसहनियाँ बजारमा नेपाल भरिको तरकारी होलसेल हव बनाउने लक्ष्य रहेको चेम्बरका दोस्रो उपाध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!