२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अहोरात्र सुरक्षामा खट्ने प्रहरीलाई नास्ता खुवाउने युवा ब्यबसायीमाथि गलत आरोप

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

(ए बि सि संचार ब्युरो )बाँके कोहलपुर विश्वभरि फैलिरहेको कोभिड १९ नामक काेराेना भाइरसको संक्रमण देशभर भेटिएलगतै नेपाल सरकारले देशलाई लक डाउन गरेको आज ५५ औ दिन भएको छ। अहिलेको अवस्थामा अाम नागरिकहरु घरभित्र छन् । तर तिनै नागरिकहरुलाई सुरक्षा प्रदान गर्नका लागि आफ्नो जिउ ज्यान र परिवार पनि नभनेर चर्को घाममा पनि अहोरात्र सडकमा जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुका लागि मनोबल उच्च बनाउने र सबैले सहयोग गर्नुपर्ने बेला प्रहरीलाई आरोप प्रत्यारोप लगाउनुले प्रहरी दुखी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर बाकेका प्रहरी प्रमुख डिएसपी कुलदिप चंन्दले
व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन नदिन प्रहरी र नागरिकका वीचमा राम्रोसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा उल्टै सेवामा लागिरहेका प्रहरी र सुरक्षाकर्मीहरु माथि यश प्रकारका हद सम्मको अाराेप लगाउनु विशुद्ध पत्रकारिताकाे नियम विपरीत मात्रै नभई आम नागरिकहरुको स्वास्थ्य माथिको खेलवाड हो भनेर भन्नुमा अत्युक्ति नहोला । यस्तो चर्को घाम अनि कोरोनाको महामारीको समयमा पनि एउटा कुनै आम नागरिकले प्रहरीका लागि आफूसङ्ग भएको गाडी सहयोग मात्र गरेका छैनन् । बरु हालसालै किनिएको नयाँ चलाउन अन्य चालकहरुको भराेसा नगरी अाफ्नाे गाडी आफैं चलाएर प्रहरी निकाय मार्फत कोहलपुरका एक स्थानीय युवा माइकल सापकोटाले आम नागरिकहरुको सेवाका लागि प्रहरीले अनुरोध गरेका बखत जतिखेर पनि खट्ने गरेका छन् । यस्तो चर्को घाम अनि कोरोनाको महामारीको समयमा पनि एउटा कुनै आम नागरिकहरुको सेवाका लागि प्रहरीले अनुरोध गरेका बखत जतिखेर पनि खट्ने गरेका छन् । घरको कोठाभित्र मज्जाले बसेर पत्रकारिता गर्ने नाउँमा यस्तो अप्ठ्यारो अवस्थामा पनि आफ्नो ज्यु ज्यानको कुनै वास्ता नराखेर यश प्रकारका नागरिकहरुबाट प्राप्त सहयोगमा एउटा गाडी लिएको कुरालाई निकै उचालेर तिलको पहाड बनाई मन गढन्ते तरिकाले समाचार सम्प्रेषण गरिनुले एउटा सिङ्गो प्रहरी सङ्गठन मात्र होइन आम चेतनशील नागरिकहरुले निकै चिन्ता व्यक्त गरेका छन् । स्थानीय युवा व्यवशायी सापकोटाले लक डाउनकाे प्रारम्भिक चरणदेखि नै सुरक्षाका लागि ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुलाई पानी, चाउचाउ, बिस्कुट, फ्रुटी, खाना, नास्ता जस्ता खाने पिउने बस्तुहरु वितरण गर्दै आइरहेको बताएका छन् । र आगामी दिनमा पनि लक डाउनका अवधिभर अाफ्नाे सहयोगी कार्यलाई जारी राख्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!