२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सडकमा खट्ने सुरक्षाकर्मिहरुलाई बिपत्तिको बेला सहयोग गर्नु कुनै अपराध होइन युवा व्यवसायी सापकोटा

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

(एबिसी संचार) विश्व मानव समुदाय कोरोनाका कारणले यतिखेर निकै त्रसित छ । हाम्रो देश नेपाल त्यही हुनाले लक डाउनकाे चपेटामा छ अहिले । अब लक डाउन भएको पनि २ महिना पुग्दैछ । अाम नागरिकहरु लक डाउनका कारणले घरभित्र बस्न बाध्य छन् । तर तिनै नागरिकहरुलाई सेवा र सुरक्षा प्रदान गर्न सुरक्षाकर्मिहरु अहोरात्र ड्युटीमा खटिएका छन् । अाफ्नाे ज्यु ज्यान र जहान परिवारकाे कुनै प्रवाह नगरेको जस्तो गर्नुपरेको छ उनीहरूले । जब कि स्वास्थ्यकर्मी र सञ्चाकर्मिहरुकाे अवस्था पनि झण्डै उस्तै हाे । यस्तै लक डाउनकाे शुरुदेखि नै बाके कोहलपुरका एक युवा व्यवसायी माइकल सापकोटाले विशेषगरी सुरक्षा निकायलाई लक्षित गरि आफूले हालसालै किनेको पौने एक करोडको गाडी मात्र सहयोग गरेनन् । त्यही आफ्नै गाडीमा पिउने पानी, बिस्कुट, चाउचाउ, फ्रुटि, मास्क, पञ्जा र स्यानी टाइजर आदि पनि वितरण गरे । इलाका प्रहरी कार्यालय कोहलपुरको बिग्रेर थन्किएको छ अफिसमा । सो इप्रका कोहलपुर र निज युवा माइकल सापकोटाकाे घर सङ्गै छ, खाली एउटा सामान्य बारलेे बारेर छुट्टयाइएको छ । यता प्रहरीको अफिस र माइकलको घर एकै ठाँउमा हुनु, उता अफिसको गाडी बिग्रेर बसेको अबस्थामा प्रहरीले माइकलको गाडी आफ्नो विभागीय कामका लागि लगेर प्रयोग गर्नु कुनै अपराध नभएको कुरा उनले बताएका छन् ।कसैको गाडी सहयोगमा लिएर प्रहरीकै ब्यानर टागेर पानी तथा खाद्य सामग्रीको पनि ब्यानर राखी प्रहरी बसेर हिड्नु कुनै दाेष नगरेको इप्रका कोहलपुरका कार्यालय प्रमुख कुलदिप चन्दले स्पष्ट पारेका छन् ।यही कुरालाई केही सञ्चार माध्यमहरुले डिएसपीको आडमा प्रहरीको ब्यानर राखेर पौने एक करोडको गाडीमा सरररर, भन्ने शिर्षकमा समाचार हाले ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!