०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सडकमा खट्ने सुरक्षाकर्मिहरुलाई बिपत्तिको बेला सहयोग गर्नु कुनै अपराध होइन युवा व्यवसायी सापकोटा

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

(एबिसी संचार) विश्व मानव समुदाय कोरोनाका कारणले यतिखेर निकै त्रसित छ । हाम्रो देश नेपाल त्यही हुनाले लक डाउनकाे चपेटामा छ अहिले । अब लक डाउन भएको पनि २ महिना पुग्दैछ । अाम नागरिकहरु लक डाउनका कारणले घरभित्र बस्न बाध्य छन् । तर तिनै नागरिकहरुलाई सेवा र सुरक्षा प्रदान गर्न सुरक्षाकर्मिहरु अहोरात्र ड्युटीमा खटिएका छन् । अाफ्नाे ज्यु ज्यान र जहान परिवारकाे कुनै प्रवाह नगरेको जस्तो गर्नुपरेको छ उनीहरूले । जब कि स्वास्थ्यकर्मी र सञ्चाकर्मिहरुकाे अवस्था पनि झण्डै उस्तै हाे । यस्तै लक डाउनकाे शुरुदेखि नै बाके कोहलपुरका एक युवा व्यवसायी माइकल सापकोटाले विशेषगरी सुरक्षा निकायलाई लक्षित गरि आफूले हालसालै किनेको पौने एक करोडको गाडी मात्र सहयोग गरेनन् । त्यही आफ्नै गाडीमा पिउने पानी, बिस्कुट, चाउचाउ, फ्रुटि, मास्क, पञ्जा र स्यानी टाइजर आदि पनि वितरण गरे । इलाका प्रहरी कार्यालय कोहलपुरको बिग्रेर थन्किएको छ अफिसमा । सो इप्रका कोहलपुर र निज युवा माइकल सापकोटाकाे घर सङ्गै छ, खाली एउटा सामान्य बारलेे बारेर छुट्टयाइएको छ । यता प्रहरीको अफिस र माइकलको घर एकै ठाँउमा हुनु, उता अफिसको गाडी बिग्रेर बसेको अबस्थामा प्रहरीले माइकलको गाडी आफ्नो विभागीय कामका लागि लगेर प्रयोग गर्नु कुनै अपराध नभएको कुरा उनले बताएका छन् ।कसैको गाडी सहयोगमा लिएर प्रहरीकै ब्यानर टागेर पानी तथा खाद्य सामग्रीको पनि ब्यानर राखी प्रहरी बसेर हिड्नु कुनै दाेष नगरेको इप्रका कोहलपुरका कार्यालय प्रमुख कुलदिप चन्दले स्पष्ट पारेका छन् ।यही कुरालाई केही सञ्चार माध्यमहरुले डिएसपीको आडमा प्रहरीको ब्यानर राखेर पौने एक करोडको गाडीमा सरररर, भन्ने शिर्षकमा समाचार हाले ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!