२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

महामारीको बेला सडकमा खट्ने सुरक्षाकर्मीलाई सहयोग गर्नु अपराध होइन : सापकोटा

Logo
प्रकाशित सोमबार, जेठ ०५, २०७७

(एबिसी संचार) विश्वमानव समुदाय कोरोनाका कारणले यतिखेर निकै त्रसित छ । हाम्रो देश नेपाल त्यही हुनाले लक डाउनकाे चपेटामा छ अहिले । अब लकडाउन भएको पनि २ महिना पुग्दैछ । अाम नागरिकहरु लक डाउनका कारणले घरभित्र बस्न बाध्य छन् । तर तिनै नागरिकहरुलाई सेवा र सुरक्षा प्रदान गर्न सुरक्षाकर्मिहरु अहोरात्र ड्युटीमा खटिएका छन् । अाफ्नाे ज्यु ज्यान र जहान परिवारकाे कुनै प्रवाह नगरेको जस्तो गर्नुपरेको छ उनीहरूले । जब कि स्वास्थ्यकर्मी र सञ्चाकर्मिहरुकाे अवस्था पनि झण्डै उस्तै हाे । यस्तै लक डाउनकाे शुरुदेखि नै बाके कोहलपुरका एक युवा व्यवसायी माइकल सापकोटाले विशेषगरी सुरक्षा निकायलाई लक्षित गरि आफूले हालसालै किनेको पौने एक करोडको गाडी मात्र सहयोग गरेनन् । त्यही आफ्नै गाडीमा पिउने पानी, बिस्कुट, चाउचाउ, फ्रुटि, मास्क, पञ्जा र स्यानी टाइजर आदि पनि वितरण गरे । इलाका प्रहरी कार्यालय कोहलपुरको बिग्रेर थन्किएको छ अफिसमा । सो इप्रका कोहलपुर र निज युवा माइकल सापकोटाकाे घर सङ्गै छ, खाली एउटा सामान्य बारलेे बारेर छुट्टयाइएको छ । यता प्रहरीको अफिस र माइकलको घर एकै ठाँउमा हुनु, उता अफिसको गाडी बिग्रेर बसेको अबस्थामा प्रहरीले माइकलको गाडी आफ्नो विभागीय कामका लागि लगेर प्रयोग गर्नु कुनै अपराध नभएको कुरा उनले बताएका छन् । कसैको गाडी सहयोगमा लिएर प्रहरीकै ब्यानर टागेर पानी चाउचाउ फुर्ती तथा खाद्य सामग्रीको पनि ब्यानर राखी प्रहरी बसेर हिड्नु कुनै दाेष नगरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले स्पष्ट पारेका छन । यही कुरालाई केही दिन अघि बादबिवाद गरिएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

error: Content is protected !!