२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मेघगर्जनसहित वर्षाको सम्भावना, नदिखोलामा जलप्रवाह बढ्ने मौसम पूर्वानुमान

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

काठमाडौ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। हाल देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भु–भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु–भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । हाल देशमा स्थानीय वायुको प्रभावसंगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदली संगै पूर्वी भू–भागका धेरै स्थानहरु, मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमी भू–भागका थोरै संगै मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु–भागहरुमा हिमपातको समेत संभावना रहेको छ, जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान जेठ ७ गते (बुधबार) दिउँसोः देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ। रातीः देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ। जेठ ८ गते (बिहीबार) दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ। रातीः देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ। जेठ ९ गते (शुक्रबार) दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत मध्य र पश्चिमी पहाडि भु-भागमा सामान्यतया बदली रहि बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरु साथै मध्य र पश्चिमी पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडि भु-भागमा सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!