०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

झापामा १० जनामा कोरोना भेटिएपछि पाँच वडा सिल

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नं २ स्थित पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु सबैको पिसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो । उनीहरुमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोराना लागेको पुष्टि भएको थियो भने मङ्गलबार थप नौ जनामा पुष्टि भएको छ । उनीहरुलाई राखिएको क्वारेन्टिनमा समेत सिल गरिएको उहाँले बताउनुभयो । सोही पालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा ल्याएर राखिएको हुँदा गाउँबासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताउनुभयो । मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]