१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

लकडाउनको बेला प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ..

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन्। उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो। लामा गाउँकै स्वास्थ्यचौकीमा अहेवका रूपमा कार्यरत छन्। लकडाउनको बेला गाउँका एक व्यक्तिले चलाएको मोटरसाइकल समाएको विषयमा उनले प्रहरीमाथि नै हातपात गरेका थिए। प्रहरी सहायक निरीक्षक दीप तामाङमाथि हातपात गरेपछि पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय मेलम्ची ल्याइएको र थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो। ढुङ्गा लागेर घाइते भएका प्रसनि तामाङको धुलिखेल अस्पतालको शाखा कार्यालय मानेखर्कमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

error: Content is protected !!