०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कालीमाटी बृत्तसहित तीन प्रहरी कार्यालय शिल

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

काठमाडौं दुई प्रहरी कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीसहित नेपाल प्रहरीका तीन कार्यालय शिल गरिएको छ ।
वृत्तमा कार्यरत एक नायब निरीक्षक (सई) र एक जवानमा मंगलबार कोरोना पुष्टि भएको थियो । दुई प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कालीमाटी बृतको कम्पाउण्ड भित्र रहेका महानगरीय ट्राफिक प्रहरी प्रभाग कालीमाटी र महिला तथा बालबालिका सेवाकेन्द्र समेत शिल गरिएको प्रहरीले जनाएको छ ।
वृत्तमा मात्रै करिब ९० प्रहरी कर्मचारी कार्यरत छन्। ती सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!