११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

मोरङमा एक किशोरी माथि सामुदायिक बलात्कार पछी उल्टै गाउँ निकाला ??

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

एबिसी संचार
काठमाडौं मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो ।
मोरङ बुढीगंगा गाउँपालिका–७ बडहराका १५ वर्षीया किशोरीमाथि दुई महिनाअघि ५ जनाको समूहले सामूहिक बलात्कार गरे । स्थानीय लक्ष्मण राई, रोशन राई, इन्द्र राई र अन्य दुई जनाको समूहले बलात्कार गरेको आरोप छ ।
सामूहिक बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए तर बलात्कारमा संलग्न इन्द्र राई र लक्ष्मण राईलाई प्रहरीले छाडेको पीडितको भनाइ छ ।
‘केटाहरुका आफन्तले गाउँमा बस्न नदिएको अवस्था छ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, समस्या नै समस्या छ ।’
बलात्कृत भनेर हेप्ने गरेको र सामाजिक रुपमा बहिस्कार गरेप्रति स्थानीय अगुवाले आफ्नो पक्षमा केही काम नगरेको उनको गुनासो छ । ‘सबैले मिल्न दबाब दिए, न्याय त पाउनुपर्यो नि,’ उनले भनिन् । उनका अनुसार किशोरीको पेटमा अहिले दुई महिनाको बच्चा छ । राजधानी दैनिकबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!