२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

नेपालको पक्षमा बोलेको भन्दै कोइरालामाथि खनिए भारतीय मिडिया

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडिया बलिउड अभिनेत्री एवं नेपाली छोरी मनिषा कोइरालामाथि खनिएका छन्। नेपालको मन्त्रिपरिषद्ले नयाँ नक्सा स्वीकृत गरेपछि सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ट्विट गर्दै नक्सा चाँडै जारी हुने बताएका थिए। उक्त ट्विट रिट्विट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्,”हाम्रो सानो मुलुकको आत्मसम्मान कायम राखेकोमा धन्यबाद। हामी सबै अब तीनै महान राष्ट्रहरु बीच शान्तिपुर्ण र सम्मानजनक वार्ताको प्रतिक्षामा छौं।” उक्त ट्विटलाई लिएर भारतीय मिडियाले अभिनेत्री कोइरालामाथि तुच्छ भाषा प्रयोग गरेका हुन्स। भारतीय टेलिभिजन एबीपी न्युजले चीनको इशारामा ट्विट गरेको र नेपालको पक्ष लिएको आरोप लगाएको छ। भारतको नुन खाने अनी चीनको पक्षमा गाउने भन्दै एबीपी न्युजले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]