१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

थप १७ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४ सय ४४ पुग्यो

Logo
प्रकाशित बिहिबार, जेठ ०८, २०७७

काठमाडौँ नेपालमा थप १७ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। नयाँ थपिने कोरोना संक्रमित झापा, धनकुटा र सुनसरी जिल्ला निवासी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन्। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन्। यसैगरी धनकुटा र धरानका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]