१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

बाँकेमा प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

महेन्द्र सिंह
बाँकेमा प्रहरीलाई हातपात तथा कुटपिट गरेको आरोपमा बाँकेमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२१ का ३० वर्षीय दुर्गेस ठाकुर छन् ।
प्रहरीका अनुसार सोही ठाउँस्थित पुरैनीमा जग्गासम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति भाग्ने क्रममा लडेर घाइते भएका थिए ।
उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानीयले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका छन् । लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगन्जमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगन्ज बाँकेमा उपचार पश्चात् डिस्चार्ज भएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

काठमाडौं । संसद सचिवालयमा कार्यरत रही हाल अमेरिका घुम्न गएका एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी गरेका हुन् । स्रोतका अनुसार उनले अनलाइनमार्फत बढुवा सिफारिसविरुद्ध उजुरी गरेको हुन् । बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावली २०७१ मा उल्लेख छ । सोही अनुसार उनले उजुरी गरेका हुन् । […]

error: Content is protected !!