२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

महामारीमा जोखिम उठाएर रिपोर्टिङ गर्ने पत्रकारलाई प्रोत्साहन गरौं हतोत्साहित होइन महासंघ अध्यक्ष: प्रियाशन

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

सागर थापा/बिदुर एमसी यतिखेर सारा संसार कोरोनाको महामारीले भयभित छ । हाम्रो देश नेपाल पनि विगत दुई महिनादेखि लक डाउनकाे मारमा परेको छ । यश लक डाउनका अवधिभर नागरिकहरु घरभित्र छन् । तिनै नागरिकहरुका सेवा सुरक्षाका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु घर बाहिर छन् । चाेकमा, कार्यक्षेत्रमा छन् । यस्तो विषम परिस्थितिमा हरेक अभाव झेलेर पनि निरन्तर रिपोर्टिङ गरेर देश र अाम नागरिकलाई सुसूचित गर्ने साहसिक पत्रकारहरुलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जाेड दिन्छन नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियाशन । त्यसरी दिनरात खटेर अाफ्नाे दायित्व पूरा गर्ने सञ्चारकर्किहरु भनेका राष्ट्रका अमूल्य गहना हुन, उनलेे भने पत्रकारहरु घरमा बसेभने सूचनाको प्रवाह कसले गर्छ त ? उनलेे प्रतिप्रश्न गरे । अध्यक्ष प्रियाशनले भने यसरी रिपोर्टिङ गर्दा सुरक्षाका लागि सुरक्षा नीति भने अपनाउनु पर्छ । अहिलेको यस्तो अप्ठ्यारो अवस्थामा आम नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारको एकापसमा राम्रो समन्वय भएमा मात्र कोरोनाको महामारीका विरुद्ध लड्न सकिनेमा अध्यक्ष प्रियाशनकाे सुझाव थियोे ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दाङका अध्यक्ष प्रियाशनले पत्रकारहरु ५ नम्बर प्रदेशमा पर्ने कुनैपनि जिल्लामा गएर आफूले रिपोर्टिङ गर्न सकिने र रिपोर्टिङमा बाधा अवरोध पुर्याउने जोसुकैलाई पनि कानूनले दण्ड जरिवाना गर्ने जनाएका छन् । पत्रकार महासङ्घकाे जिल्लाकाे तर्फबाट जिल्लाभित्र रहेर जुनसुकै क्षेत्रबाट पनि पत्रकारिता गर्ने पत्रकारहरुसित राम्रो समन्वय भएको पनि उनले बताए । जिल्लामा सुरक्षा निकायसङ्ग समन्वय गरेर अन्य छिमेकी जिल्लाहरुका नागरिकहरुलाई एक ठाँउबाट अर्को ठाँउसम्म पुर्याउनमा पनि आफ्नो शाखाले सक्दो सहयोग गरेकोमा उनलेे सन्तोष व्यक्त गरे राजधानी काठमाडौंबाट सिधै प्रसारण हुने अाम अनलाइन सञ्चार माध्यमहरु र विशेषगरी खबर 24 नेपाल र एबिसी सञ्चारकर्मि सङ्ग दाङको घाेराहीमा भएको कुराकानी उनलेे यस्तो कुरा बताएका हुन् । लक डाउनका नाममा बाटो घाटाेमा ढुङ्गा मुढा तेर्साएर अावागमनमा बाधा पुर्याउनु घाेर असामाजिक कार्य भएको यस्तो नगर्न सबैलाई अाग्रह पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!