२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ७० पुग्यो

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

काठमाडौं नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चि प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन्। बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षिय पुरुष र कैलालीका १९, २३ र २६ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो । यसैगरी बाँकेटमा १३ जनामा संक्रमण देखिएको छ। भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एक जना राप्ती सोनारीका रहेका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ। शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो । डिस्र्चाज हुनेहरुमा ९ जना महिला र १२ जना पुरुष रहेका छन् । १ देखि ६० वर्षउमेर समूहका उनीहरु १७ देखि २० औं दिनमा निको भएर डिस्चार्ज भएका हुन्। यस्तै अहिलेसम्म प्रदेशनम्बर १ मा २६, प्रदेश नम्बर २ मा ६ जना, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ९ हजार ९ सय २०, प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५, बागमती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा ८ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । यसैगरी प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्त देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा १ हजार ४ सय १४, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६, बगमती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा २ हजार ६ सय २९ गरी देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!