२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ७० पुग्यो

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

काठमाडौं नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा १४ र सुदूरपश्चि प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन्। बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षिय पुरुष र कैलालीका १९, २३ र २६ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो । यसैगरी बाँकेटमा १३ जनामा संक्रमण देखिएको छ। भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एक जना राप्ती सोनारीका रहेका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षिय पुरुषमा पनि पोजेटिभ देखिएको छ। शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट नेपालगञ्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो । डिस्र्चाज हुनेहरुमा ९ जना महिला र १२ जना पुरुष रहेका छन् । १ देखि ६० वर्षउमेर समूहका उनीहरु १७ देखि २० औं दिनमा निको भएर डिस्चार्ज भएका हुन्। यस्तै अहिलेसम्म प्रदेशनम्बर १ मा २६, प्रदेश नम्बर २ मा ६ जना, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ९ हजार ९ सय २०, प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५, बागमती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा ८ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । यसैगरी प्रदेश नम्बर १ मा ५८ जना, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्त देवकोटाले बताउनुभयो । प्रदेश नम्बर १ मा १ हजार ४ सय १४, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६, बगमती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा २ हजार ६ सय २९ गरी देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!