३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

स्वास्थकर्मी सुरक्षाकर्मी संचारकर्मीलाई अवरोध पुर्याउने लाई पनि कार्वाही हुन्छ एसपी: चंन्द

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

सागर थापा/बिदुर एमसी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले लकडाउन चलिरहेको यस्तो विषम परिस्थितिमा पनि काेराेना सङ्क्रमणलाई चुनौती दिदै आफ्नो कार्यक्षेत्रमा खटिरहने सञ्चारकर्मी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई निर्वाध रूपमा नागरिकहरुको सेवा सुरक्षाको लागि दिलोज्यानले लाग्न आग्रह गर्दै यदि यस्तो कठिन अवस्थामा पनि यदि कसैले अवरोध पुर्याउन खोजेमा त्यस्तालाई कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न प्रहरी पछि नपर्ने बताएका छन् । यसै प्रसङ्गमा उल्लेख गर्दै एसपी चन्दले भने तपाईंहरु जो जति सञ्चारकर्मिहरु काेराेना सङ्क्रमणकाे यस्तो महामारीको बेलामा पनि घरमा नबसेर अहाेरात्र अाम नागरिकलाई सूचनाको अनुभूति दिलाउन हिम्मतका साथमा आफ्नो कर्मक्षेत्रमा लागिरहेका पत्रकारहरुका साथमा प्रहरी छ नडराइकन आफ्नो काममा लाग्नुहाेस् । यस्तो विषम परिस्थितिमा घर बाहिर गएर आम नागरिकहरुलाई सूचना प्रवाह गर्नु कुनै चानचुने कुरा नभएको भन्दै एसपी चन्दले आफ्नो स्वास्थ्यप्रती गम्भीर बन्न र रिपोर्टिङमा जादा स्वास्थ्य सुरक्षाको ख्याल राखेर रिपोर्टिङ गर्न पनि उनलेे सुझाव दिएका छन् ।एक अर्को प्रसङ्गमा बोल्दै प्रहरी उपरीक्षक चन्दले भनेका छन्, आफ्नो कर्तव्य पथमा लाग्दालाग्दै पनि यदि कोही कसैले अवरोध गर्न खोज्छभने तत्कालै प्रहरीलाई खवर गर्नुहोस प्रहरी तपाईंको सहयोगमा सदा तत्पर छ ।लक डाउनकाे बहानामा सडकमा ढुङ्गामुढा तेर्साएर अवराेध गर्ने कार्य असामाजिक कार्य भएको उल्लेख गर्दै जानकारी पाएका बखतमा प्रहरीले त्यस्ता असामाजिक कार्य गर्नेहरुलाई पनि नछाड्ने अठोट जाहेर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!