१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

स्वास्थकर्मी सुरक्षाकर्मी संचारकर्मीलाई अवरोध पुर्याउने लाई पनि कार्वाही हुन्छ एसपी: चंन्द

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

सागर थापा/बिदुर एमसी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले लकडाउन चलिरहेको यस्तो विषम परिस्थितिमा पनि काेराेना सङ्क्रमणलाई चुनौती दिदै आफ्नो कार्यक्षेत्रमा खटिरहने सञ्चारकर्मी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई निर्वाध रूपमा नागरिकहरुको सेवा सुरक्षाको लागि दिलोज्यानले लाग्न आग्रह गर्दै यदि यस्तो कठिन अवस्थामा पनि यदि कसैले अवरोध पुर्याउन खोजेमा त्यस्तालाई कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न प्रहरी पछि नपर्ने बताएका छन् । यसै प्रसङ्गमा उल्लेख गर्दै एसपी चन्दले भने तपाईंहरु जो जति सञ्चारकर्मिहरु काेराेना सङ्क्रमणकाे यस्तो महामारीको बेलामा पनि घरमा नबसेर अहाेरात्र अाम नागरिकलाई सूचनाको अनुभूति दिलाउन हिम्मतका साथमा आफ्नो कर्मक्षेत्रमा लागिरहेका पत्रकारहरुका साथमा प्रहरी छ नडराइकन आफ्नो काममा लाग्नुहाेस् । यस्तो विषम परिस्थितिमा घर बाहिर गएर आम नागरिकहरुलाई सूचना प्रवाह गर्नु कुनै चानचुने कुरा नभएको भन्दै एसपी चन्दले आफ्नो स्वास्थ्यप्रती गम्भीर बन्न र रिपोर्टिङमा जादा स्वास्थ्य सुरक्षाको ख्याल राखेर रिपोर्टिङ गर्न पनि उनलेे सुझाव दिएका छन् ।एक अर्को प्रसङ्गमा बोल्दै प्रहरी उपरीक्षक चन्दले भनेका छन्, आफ्नो कर्तव्य पथमा लाग्दालाग्दै पनि यदि कोही कसैले अवरोध गर्न खोज्छभने तत्कालै प्रहरीलाई खवर गर्नुहोस प्रहरी तपाईंको सहयोगमा सदा तत्पर छ ।लक डाउनकाे बहानामा सडकमा ढुङ्गामुढा तेर्साएर अवराेध गर्ने कार्य असामाजिक कार्य भएको उल्लेख गर्दै जानकारी पाएका बखतमा प्रहरीले त्यस्ता असामाजिक कार्य गर्नेहरुलाई पनि नछाड्ने अठोट जाहेर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

error: Content is protected !!