१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

लकडाउनको बेला AIG ले गास खोसे प्रहरी जवानको आरोप

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई सवारी महाशाखामा कार्यरत प्रहरी जवानहरुले आफ्नो गाँस खोसेको आरोप लगाएका छन् ।कोरोनाको महामारीको समयमा अहोरात्र देश र जनताको सेवामा खटिएका प्रहरी जवानहरुको मनोवल उकास्नुको साटो उनीहरुलाई खानाबाट नै बन्चित गरेपछि एआईजी थापाको चौतर्फी विरोध हुन थालेको छ। विगत डेढ वर्षदेखि कार्यदलमा खाना खाँदै आएका करिब ३० जना जवानहरुको खाना एआइईजी थापाकै आदेशमा रोकिएको नाम सार्वजनिक नगर्ने शर्तमा एक प्रहरी जवानले बताएका छन्। “सवारी महाशाखाको खाना गुणस्तरहीन भएपछि हामीले पटक पटक हाकिम साबलाई उजुरी गरेका थियौं। तर उहाँबाट कुनै सुनुवाई नभएपछि हामीले कार्यदलमा खाना खाँदै आएका थियौं।हामीले आफ्नो पैसा तिरेर खाने हो जहाँ मिठो हुन्छ त्यहिँ खान्छौं। तर एआईजी जस्तो मान्छेले हाम्रो खाना ठाडो आदेशमा रोकिदिनु भयो” अर्का एक एसएसपीका सवारी चालक बताउँछन्। यस विषयमा प्रहरी प्रधान कार्यालयमा बुझ्दा कोरोनाको कारण देखाएपनि त्यसभित्र कमिसनको खेल रहेको पाइएको छ । क्यान्टिनमा खाना खानेको न्यूनतम कोटा पूरा भएपछि सवारी महाशाखाका प्रमुख एसएसपी नरोत्तमलाल प्रधानलाई कोर्टमास्टरले कमिशन दिने गरेको स्रोतले बताएको छ। करिव ३० जनाले खाना नखाईदिँदा न्युनतम कोटा पुरा नभएपछि एसएसपीले कमिसन पाइरहेका थिएनन्। आफूले कमिसन नपाएको झोंकमा एसएसपी प्रधानले कोरोना महामारीको त्रास देखाउँदै एआईजी थापालाई कुरा लगाएका थिए । अरुको कुरा बढी सुन्ने स्वभावका एआईजी थापाले कार्यदलका एसपी वेध विष्टलाई ठाडो निर्देशन दिँदै खाना रोक्ने आदेश दिएका छन् । सवारी महाशाखामा कार्यरत करिव ३० जना जवानहरुले चिउराको भरमा डिउटी गरेपछि यो खबरले प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म हंगामा मच्चिएको छ।सभार पाथीभरा डेलीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]