०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

रोल्पामा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच बैठकमै कुटाकुट

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्ती र वडा नं. ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीबीच कुटाकुट भएको छ । बैंक सञ्चालन गर्ने समयको विषयमा विवाद भएपछि कार्यपालिका बैठकस्थलमै गाउँपालिकाका अध्यक्ष घर्ती र वडाध्यक्ष क्षेत्रीबीच कुटाकुट भएको बताइएको छ । आफूमाथि कुटपिट भएको आरोप लगाउँदै वडा नम्बर— ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा उजुरी समेत दिनुभएको छ । बैंक सञ्चालन गर्ने समयका विषयमा विवाद भएपछि कार्यपालिकाको बैठकमै अध्यक्ष घर्तीले आफूमाथि हात हालेको क्षेत्रीको दावी छ । इलाका प्रहरी कार्यालय सुलीचौरमा वडाध्यक्ष क्षेत्रीले दिएको उजुरीमा भनिएको छ, ‘सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीमगरले एक्कासी आवेशमा आई आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो ठाउँबाट उठी म पीडित बसेको ठाउँमा आई सिंगो गाउँपालिकाको बेइज्जत गरेर सम्पूर्ण कार्यपालिकाका सदस्यहरुकै अगाडि वडाध्यक्षहरु र सम्पूर्ण गाउँपालिकाको शिर झुक्ने गरी विभिन्न अपशब्द बोली हातपात गरी चोटपटक लगाउने जस्तो कुकार्य गरेकाले निज गुनेन्द्र घर्तीमगरलाई पक्राउ गरी कारबाही गर्नुका साथै न्याय दिइदिनुहुन अनुरोध गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]