२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

रोल्पामा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबीच बैठकमै कुटाकुट

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्ती र वडा नं. ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीबीच कुटाकुट भएको छ । बैंक सञ्चालन गर्ने समयको विषयमा विवाद भएपछि कार्यपालिका बैठकस्थलमै गाउँपालिकाका अध्यक्ष घर्ती र वडाध्यक्ष क्षेत्रीबीच कुटाकुट भएको बताइएको छ । आफूमाथि कुटपिट भएको आरोप लगाउँदै वडा नम्बर— ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्रीले इलाका प्रहरी कार्यालय सुलीचौरमा उजुरी समेत दिनुभएको छ । बैंक सञ्चालन गर्ने समयका विषयमा विवाद भएपछि कार्यपालिकाको बैठकमै अध्यक्ष घर्तीले आफूमाथि हात हालेको क्षेत्रीको दावी छ । इलाका प्रहरी कार्यालय सुलीचौरमा वडाध्यक्ष क्षेत्रीले दिएको उजुरीमा भनिएको छ, ‘सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तीमगरले एक्कासी आवेशमा आई आफ्नो पदीय मर्यादा बिर्सेर आफ्नो ठाउँबाट उठी म पीडित बसेको ठाउँमा आई सिंगो गाउँपालिकाको बेइज्जत गरेर सम्पूर्ण कार्यपालिकाका सदस्यहरुकै अगाडि वडाध्यक्षहरु र सम्पूर्ण गाउँपालिकाको शिर झुक्ने गरी विभिन्न अपशब्द बोली हातपात गरी चोटपटक लगाउने जस्तो कुकार्य गरेकाले निज गुनेन्द्र घर्तीमगरलाई पक्राउ गरी कारबाही गर्नुका साथै न्याय दिइदिनुहुन अनुरोध गर्दछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]