१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

लकडाउनको ६१ औं दिन काठमाडौं उपत्यकामा थप कडाई

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको ६१ दिन पुगेको छ। गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ। लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी सञ्चालनमा रहेपछि भित्रि सडकहरु सुनसान जस्तै देखिएका छन्। अत्यावश्यक सवारीहरु भित्रि सडकमा पनि गुडेका छन् तर न्यून मात्रामा। चोक चोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ। उपत्यकाको भित्रि क्षेत्रमा रहेका प्रायः सटरहरु बन्द रहेका छन्। विहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनमा रहेपनि दिउँसो समयमा भने पूर्ण रुपमा बन्द छन्। पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा कडाई गरेको छ। पास वितरणमा कडाई गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरुको चेकजाँचमा पनि कडाई गरेको छ। उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाउन सरकारले सम्पूर्णमा आग्रह गरेको छ । भित्रि गल्लिहरुमा स्थानीयहरुले नै अपरित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । साँझपखको समयमा उपत्यका पूर्ण सुनसान देखिन्छ। केही ठाउँमा सडकबत्ति र होडिङ बोर्डहरु बलेको देखिएपनि सडकमा प्रायः गाडी देखिँदैनन्। अत्यावश्यक सेवाका सवारी साधन र सुरक्षाकर्मीका सवारी साधन बढी देखिन्छन । रातिको समयमा पनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुले सुरक्षा जाँचलाई पनि निरन्तरता दिएको पाइएको छ। सरकारले चैत ११ गते पहिलो पटक एक साताका लागि लक डाउन घोषणा गरेको थियो। त्यसपछि एक साता समय थप गर्दै चैत २५ गतेसम्म लक डाउन गरियो। त्यसपछि तेस्रो पटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लक डाउनलाई चौथो पटक १२ दिन थपेर वैशाख १५ गतेसम्म पु¥याइयो। त्यसपछि पुनः १० दिनका लागि लक डाउन थप भएर बैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँ पटक जेठ ५ गतेसम्म लक डाउनको अवधि थप्यो। संक्रमणको दर बढ्दै गएपछि सरकारले जेठ २० गतेसम्म पुनः लक डाउनको अवधि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]