१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नेपाली सेनाका उच्चतहका पदाधिकारी अनुसन्धानको दायरामा

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

एबिसी संचार
काठमाडौं नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो ।
सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित पाँच जनालाई दोषी ठहर्याई कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै रु एक करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ ।
प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले दुई वर्ष बढुवा रोक्का गरी निजबाट रु चार लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको रु तीन लाख ६० हजार असुलउपर गर्ने फैसला गरेको छ ।
त्यस्तै, हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठह¥याइ अदालतले दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी रु १० हजार असुलउपर गर्ने निर्णय गरेकोे हो । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।
सेनाले पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा दण्डहीनता अन्त्यका लागि सेनाले अनुशासन र आचरण विपरीत गर्नेमाथि छानविनको दायरा बढाएको जनाएको छ । यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजङ्ग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ ।
यसैबीच सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झङ्कर कडायत र आनन्द अधिकारीको अध्यक्षता बेग्लाबेग्लै कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी विभिन्न घटनामा भ्रष्टाचार र अनियमिततको आरोप लागेकामाथि अनुसन्धान र छानविन गरिरहेको थाहा भएको छ । सङ्गठनभित्र आर्थिक अनियमितताको अभियोग खेप्नुपर्ने आशङ्का गरेर केही उच्च सैनिक अधिकृतले राजीनामा दिएर घर बसे पनि उनीहरुलाई अनुसन्धान दायरामा ल्याएर छानविन भइरहेको जानकारी प्राप्त भएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!