२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको २८ औ IGP को हुने ? क्षेत्री र पाल

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

(एबिसी क्राईम ब्युरो) काठमाडौं नेपाल प्रहरीमा २८ औं महानिरीक्षकको लागि दौडधुप सुरु भएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले २५ असारबाट अवकाश पाउने भएकाले डेढ महिनाअघिबाट आकांक्षीहरुको शक्तिकेन्द्रहरुसँग भेटघाटका श्रृंखला बढेको छ ।
यसपटक नयाँ महानिरीक्षकका लागि यसपटक दुई जनाबीच मात्र प्रतिस्पर्धा छ । एआईजीहरु शैलेश थापा क्षेत्री र हरि बहादुर पाल २८ औं महानिरीक्षकको प्रतिस्पर्धामा छन् । लकडाउनकै अवधिमा दुवै जनाले राजनीतिक भेटघाट बढाउन थालेको स्रोत बताउँछ ।
गत चैतमा भएको एआईजी बढुवामा क्षेत्री पहिलो तथा पाल दोस्रो नम्बरमा परेका थिए । पहिलो नम्बरमा भएकाले क्षेत्रीलाई केही सहजता देखिन्छ तर उनलाई नेकपाको राजनीतिक नेतृत्वले विश्वास नगरेको चर्चा प्रहरी वृत्तमा छ ।
व्यवसायिक अधिकृतको छवी बनाएका क्षेत्री पछिल्लो समय नेकपाका नेताहरुसँग सम्बन्ध बनाउने प्रयासमा छन् । भक्तपुरका स्थानीय भएकाले महेश बस्नेत लगायत मार्फत उनले नेकपा नेतृत्वलाई विश्वासमा लिने प्रयास गरेको स्रोत बताउँछ । तर, गृहमन्त्री रामबहादुर थापा नै उनको कार्यशैलीसँग असन्तुष्ट रहेको स्रोत बताउँछ । इमान्दार भएपनि लिडरशीप क्षमता कमजोर भएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
एआईजीको पालको भने नेकपाका धेरै नेताहरुसँग राम्रो सम्बन्ध छ । प्रधानमन्त्रीकै इच्छाअनुसार डिआईजी बढुवामै उनलाई चौथोबाट दोस्रो नम्बरमा पारिएको स्रोत बताउँछ । तर, एआईजी बढुवामा भने उनी पहिलो नम्बरमा आउन सकेनन् । दोस्रो नम्बरमा एआईजी भएकाले आईजिपी बन्न उनलाई केही गाह्रो हुने देखिन्छ । केही व्यवसायिक घरानासँग निकट भएको आरोप उनीमाथि लाग्ने गरेको छ ।
आईजिपी बढुवामा कार्यक्षमता लगायतका विषय भन्दा सरकारले विश्वास गरेको व्यक्तिलाई नियुक्त गर्ने अधिकार कानूनले दिएको छ । जसकारण अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । दुईमध्ये ओली र प्रचण्डको मन जित्ने व्यक्ति नै २८ औं महानिरीक्षक हुने निश्चित छ । तर, देशको अवस्था असामान्य भएकाले प्रहरी नियमावली संशोधन गरेर वर्तमान प्रहरी महानिरीक्षककै कार्यकाल थप हुन पनि सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
आईजिपीसँगै एआईजी बढुवामा पनि धेरैको चासो छ । असारपछि एआईजीका दुई पद रिक्त हुँदैछन् । जसमा कार्यक्षमता र बरिष्ठताका आधारमा निरज शाही र प्रद्युम्न कार्की हुनुपर्ने हो । तर, जुनियर ब्याचका डिआईजीहरु पनि असारमा एआईजी हुने दौडमा छन् । खासगरी डिआईजी विश्जराज पोखरेल जसरी पनि असारमा एआईजी हुने दाउमा छन् । असारमा एआईजी नभए उमेरहदका कारण डिआईजीबाटै अवकाश पाउने र एआईजी भए दुई वर्षपछि आईजिपी पक्का जस्तै हुने भएकाले उनी लागेका हुन् ।
त्यसो त गत चैतमा नै एआईजी हुने र असारमा आईजिपी हुने उनको दाउ थियो । शैलेश थापाको ब्याच उनीविरुद्ध एकजुट भएपछि उनी असफल भएका थिए । यसपटक भने उनकै ब्याच उनलाई बढुवा हुनबाट रोक्ने रणनीतिमा लागेको स्रोत बताउँछ । यसपटक उनलाई एआईजी हुन रोकेमा ब्याचका अन्य अधिकृतहरु समेत पछि आईजिपीको प्रतिस्पर्धामा हुनेछन् । जसमा सहकुल थापा, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा लगायत छन् । यही कारण उनीहरु पोखरेलविरुद्ध एकजुट हुने सम्भावना छ सभार दृष्टि न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!