११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

कोरोनाको कारण ईद घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगकाे आग्रह

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

(एबिसी संचार)
काठमाडौं राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गर्नुभएको हो ।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए ।
आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभयो । उहाँले देशको कुनैपनि ठाउँबाट शनिबार चन्द्रमा देखिए आइतबार नभए सोमबार मात्रै ईदु–उल–फित्रको नमाज आदा गरिने बताउनु भयो ।
आइतबार रमजान महिनाको अन्तिम दिन हो । इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा उपवास बसेर नमाज आदा गर्ने गर्दछन् । रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ । जेठ १२ गते सोमबार ईद पर्व पर्ने भएकाले सरकारले सार्वजनिक बिदा समेत दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

error: Content is protected !!