१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङमा सर्पको टोकाइबाट ९ बर्षीय बालिकाको मृत्यु

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

दाङमा सर्पको टोकाइबाट दाङमा एक बालिकाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ९ तेलियाका धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमाललाई सर्पले डस्दा मृत्यु भएको हो । शनिबार अपरान्ह ४ बजे आफ्नो आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउनेतर्फ लागे तर धामीझाँक्री आउँदासम्म बालिकाको मृत्यु भइसकेको थियो । मृतक बालिका रेश्मा कुमाल लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक विद्यालय भ्युसनपुरले लिएको गत वर्षको वार्षिक परीक्षामा कक्षा दुईबाट तृतीय श्रेणीमा पास भएको बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!