०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेको नरैनापुरमा सेना परिचालन राति ८ बजेदेखि निषेधाज्ञा जारी

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

(महेन्द्र सिंह)
बाँकेको नरैनापुर गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । नरैनापुर चारै नाका सिल,लकडाउन कडाईले पनि असम्भव भएपछि नरैनापुर क्षेत्रलाई आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको हो।
जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेदेखि लागू हुने गरी नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने, नेपाली सेनासमेत परिचालन गर्ने, डाक्टर, स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
सुरक्षा समितिले सुरुमा कोरोना संक्रमित देखिएका क्वारेन्टाइनलाई सिल गरिएको थियो भने संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिकालाई नै सिल गरिएको थियो। उनले भने, ‘पहिले क्वारेन्टाइन सिल गर्यौं, पुगेन। त्यसपछि गाउँपालिका पूरै सिल गरेका थियौं। सिलले मात्र भएन। त्यसैले निषेधाज्ञा नै घोषणा गरेका हौं। सेना परिचालन गरेका हौं।’
यसलाई निरन्तरता दिइने र अर्को सूचना लागू नहुन्जेलसम्म निषेधाज्ञा जारी रहने प्रजिअ खड्काले जानकारी गराए। नरैनापुरतर्फ सेनाको टोली हिडिसकेको र राति ८ बजेदेखि निरन्तर सुरक्षामा खटिने उनले जानकारी दिए ।
स्थानीयहरुले बारम्बार दुःख दिने र सम्झाउदा पनि नमान्ने झन उल्टै प्रहरीमाथि जाइलाग्ने भएपछि सेना परिचालन गर्न बाध्य भएको प्रजिअ खड्काले जानकारी दिएका छन ।
नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!