१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

मुस्लिमहरुले घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

काठमाडौं अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुकी चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ । यसैकारण सोमबार इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताउनुभयो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण आइतबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । घरमै रहनुभएका ठूलाबडासँग आशीर्वाद लिई घर बाहिरकासँग फोन, सामाजिक सञ्जालमार्फत पनि लिन सकिने उहाँले बताउनुभयो । यस पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखीलाई दान दिनु हो । यस पर्वमा मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिनुभयो । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखीलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सोबराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको शिशुको पनि गरिनुपर्छ भन्ने नियम ग्रन्थमा छ । यो दान पनि दीनदुःखीलाई नै दिइन्छ । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरुले नवौँ रमजान महिनामा भोजन गर्छन् । यस पर्वका अवसरमा मुसलमानहरुले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस वर्ष भने धेरैले घरमै नमाज पाठ गरी परिवारका सदस्यका बीच पर्व मनाउने तयारी गरेका छन् । घरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन सकिने धर्मगुरुहरुको आह्वान छ । यसैगरी ठूलाबडासँग आशीर्वाद पनि फोन अथवा सामाजिक सञ्जालबाट नै लिन सकिने छ । मुस्लिम आयोगले पनि शनिबार घरघरमै नमाज पाठ गर्न इस्लाम धर्मावलम्बीलाई आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

error: Content is protected !!