२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नेपाल औषधी व्यावसायीले दियो सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

(सागर थापा)
दाङ जेठ १२ नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङ घोराहीले वडा प्रहरी कार्यालय घोराही एवंम जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । वडा प्रहरी कार्यालय घोराही र जिल्ला ट्राफिक कार्यालय दाङमा सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्य नारायण न्योपानेले जानकारी दिनुभएको छ । अध्यक्ष भुवनेश्वर बुढा उपाध्यक्ष युबराज धिताल सचिब निन कुमार रावत सदस्य सुर्य मणीन्योपाने लगाएतको टोलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सुरक्षाकर्मीहरु निकै जोखिम मोलेर सो कार्य गरिएको हुँदा नेपाल औषधी व्यावसायि संघ शाखा कार्यालयले दाङले अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी दिनरात नभनेर आमनागरिकको सुरक्षामा अहोरात्र बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको सदस्य न्योपानेका अनुसार २ सय थान मास्क,२ दर्जन स्यानी टाइजर र २ पाकेट ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!