१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

लकडाउनमा काठमाडौं उपत्यका संक्रमित बढ्दै गएपछि थप कडाई

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

काठमाडौं कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लकडाउनको ६३ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ। नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लक डाउन थप कडाई गर्न थालिएको छ। उपत्यकाका मुख्य सडकहरु भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन्। प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि गल्लिमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले (दिउँसो पौने १२ बजे) सम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन्। आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!