१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

पैसाबाट राजाको तस्वीर हटाएर इतिहास मेटाउन खोजियो:थापा

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजाको तस्वीर भएको चित्र हटाउने निर्णयको विरोध गर्नुभएकाे छ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएपछि पूर्वराजाको तस्वीर भएको नोट हटाउने निर्णय गरेको थियो । अध्यक्ष थापाले राजाको तस्बीर अंकित नोट निषेध गर्ने निर्णय पूर्वाग्रही भएको बताउनुभयाे । ‘राजाहरुको तस्वीरअंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही काम हो । राष्ट्रिय अखण्डताको रक्षागर्न देश एकढिक्का हुनुपर्ने बेला यो निर्णयले राष्ट्रिय एकतालाई कमजोर पार्छ । राष्ट्रवादी शक्तीलाई विभाजित गर्छ । यो आपत्तिजनक निर्णय फिर्ता गर्न प्रधानमन्त्री केपी शर्माको ध्यानाकर्षण गर्दछु’, उहाँले भन्नुभएकाे छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेकोलाई अयोग्य हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!