१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

गृहमन्त्रालयले ४ जिल्लाको सिडिओको सरुवा गरेको छ

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

सागर थापा
काठमाडौँ गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ ।
मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।
पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।
त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।
केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।
सम्बन्धित समाचार : ५ जिल्लाका सिडिओको सरुवा
देशव्यापी कोरोना सङ्क्रमणको कहर चलिरहँदा गरिएको जिल्ला प्रमुखको फेरबदललाई विभिन्न रूपमा हेरिएको छ । कतिपयले यसलाई कार्यक्षमतासँग जोडेका छन् भने कतिपयले सिडिओ बन्न इच्छा जाहेर गरेपछि गरिएको फेरबदलका रूपमा लिएका छन् तर मन्त्रालयले यसलाई नियमित प्रक्रिया भनेको छ । यसअघि नै हुनुपर्ने भए पनि लकडाउनका कारण केही ढिलाइ हुन गएकोले अहिले गरिएको गृहका एक अधिकारीले बताए । प्रशासन ब्युरोबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!