१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

मालपोत प्रमुखसहित ९ जनाबिरुद्ध राजस्व छली मुद्दा दर्ता

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसमेत ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
खोटाङको साबिक दिक्तेल गा.वि.स. वडा नं. ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराई कार्यालयका कर्मचारी टेक बहादुर खड्कासमेतका नाममा कायम गरेर राजस्व छली आरोमा अख्तियारले उनीहरू विरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुद्दा दायर भएका कर्मचारीहरूमा तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहाल, नापी प्रमुख सियाकान्त चौधरी, तत्कालीन मालपोत अधिकृत कटक बहादुर खत्री, तत्कालीन ना।सु। भीम बहादुर खत्री, तत्कालीन खरिदार टेक बहादुर खड्का, नापी कार्यालयका अमिन गणेश कुमार खिडहरी, तत्कालीन ना।सु। चन्द्र बहादुर कार्की, निवेदकद्वय गजेन्द्र कुमार थापा र राम बहादुर थापा रहेको आयोगले जनाएको छ ।
उनीहरूले आपसी मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
आयोगका अनुसार साबिक दिक्तेल गाविस वडा नं. ६ को कि.नं. १३७ र ८१५ को छुट जग्गा दर्ता समितिको सदस्यको रूपमा नापी प्रमुख सियाकान्त चौधरीले सरकारीरसार्वजनिक जग्गा बदनियत पूर्वक व्यक्ति विशेषको नाममा सिफारिस गरी सरकारी सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई फाइदा पुर्याएका थिए भने तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालले ८१५ को छुट जग्गा दर्ता समितिको अध्यक्षको रूपमा सरकारी पर्तीको जग्गा बदनियत पूर्वक विभागीय सहमति लिई निवेदकहरूको नाममा दर्ता गर्ने भनी सिफारिस गरी सरकारी सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई फाइदा पुर्याएका थिए ।
त्यस्तै मालपोत कार्यालय, खोटाङका तत्कालीन मालपोत अधिकृत कटक बहादुर खत्रीले साबिक फिल्ड बुकमा जङ्गल र पर्ती जनिएको सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्न मिल्ने कुनै आधार नहुँदा नहुँदै कित्ता नम्बर १३७ को जग्गाको हकमा छुट जग्गा दर्ता समितिको अध्यक्षका रूपमा र पछि टिप्पणीका आधारमा अनधिकृत रूपमा कित्ता नं. १३७ र ८१५ को सरकारीरसार्वजनिक जग्गाहरू व्यक्तिको नाममा दर्ता गराउने निर्णय गरेको र तत्कालीन नासु भीम बहादुर खत्रीले साबिक फिल्ड बुकमा जङ्गल र पर्ती जनिएको सरकारी जग्गाहरू दर्ता गर्न मिल्ने कुनै आधार नहुँदा नहुँदै कित्ता नम्बर ८१५ को हकमा छुट जग्गा दर्ता समितिको सदस्यको रूपमा र पछि कित्ता नम्बर १३७ र ८१५ को सरकारी/सार्वजनिक जग्गाहरूको दर्ता गराउने टिप्पणीहरूमा राय पेस गरी उक्त जग्गा व्यक्ति विशेषको नाममा अनधिकृत रूपमा दर्ता गराउने निर्णय सदर गराएको तथा कि.नं. ८१५ को जग्गा कित्ताकाट गरी कि.नं. १५६१ क्षेत्रफल १–०–०–०को जग्गा निजले टेक बहादुर खड्का र चन्द्र बहादुर कार्कीसँग तीन जनाको संयुक्त नाममा कायम गराई पछि सो जग्गा नेपाल सरकारले हलेसी दिक्तेल सडक योजनाका लागि अधिकरण गर्दा सो जग्गाबाट नेपाल सरकारबाट त्रिसट्ठी हजार आठ सय पचास मुआब्जासमेत लिई सरकारी जग्गा आफ्ना नाममा दर्ता गराई पुनः सरकारबाट रकमसमेत लिई सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याएको आयोगको ठहर छ ।
मालपोत कार्यालय, खोटाङका तत्कालीन खरिदार टेक बहादुर खड्काले साबिक फिल्ड बुकमा जङ्गल र पर्ती जनिएको सरकारी जग्गाहरू दर्ता गर्न मिल्ने कुनै आधार नहुँदा नहुँदै टिप्पणी लेखी उक्त जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराउने निर्णय सदर गराएको तथा कित्ता नम्बर ८१५ को जग्गा कित्ताकाट गरी कित्ता नम्बर १५६१ क्षेत्रफल १–०–०–० को जग्गा निजले भीम बहादुर खत्री र चन्द्र बहादुर कार्कीसँग तीन जनाको संयुक्त नाममा कायम गराई पछि सो जग्गा नेपाल सरकारले हलेसी दिक्तेल सडक योजनाका लागि अधिकरण गर्दा सो जग्गाबाट नेपाल सरकारबाट त्रिसट्ठी हजार आठ सय पचास० मुआब्जासमेत लिई सरकारी जग्गा आफ्ना नाममा दर्ता गराई पुनः सरकारबाट रकमसमेत लिई सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको जनाइको छ ।
निवेदक गजेन्द्र कुमार थापाले आफूलाई गैर कानुनी लाभ हुने र नेपाल सरकारलाई गैर कानुनी हानी पुर्याउने बदनियतले खोटाङ जिल्ला साबिक दिक्तेल ६ कित्ता नम्बर ८१५ क्षेत्रफल १३–१४–०–१ को फिल्ड बुकमा पर्ती जनिएको सरकारी/सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्माचारीहरुसमेतलाई प्रभावमा पारी गैर कानुनी तरिकाबाट आफ्नो नाममा दर्ता गराई पछि उक्त जग्गा कित्ता फोड गरी तीनै मालपोत कार्यालयका कर्मचारीको नाममा पास गरी बाँकी जग्गा निजकै नाममा राखिरहेको र अर्का निवेदक राम बहादुर थापाले आफूलाई गैर कानुनी लाभ हुने र नेपाल सरकारलाई गैर कानुनी हानी पुर्याउने बदनियतले खोटाङ जिल्ला साबिक दिक्तेल ६ कित्ता नम्बर १३७ क्षेत्रफल १४–१३–३–२ को फिल्ड बुकमा जङ्गल जनिएको सरकारी/सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्माचारीहरुसमेतलाई प्रभावमा पारी गैर कानुनी तरिकाबाट आफ्नो नाममा दर्ता गराई सो जग्गाबाट कित्ताकाट भई कायम भएको कित्ता नं १५१८ क्षेत्रफल ०–१२–०–० को जग्गा पारित लिखतबाट मालपोत कार्यालयमा नै लेखापढी व्यवसाय गर्ने रविन्द्र कुमार राईको नाममा कायम गरेको र उक्त जग्गा रविन्द्र कुमार राईबाट पारित लिखतबाट मालपोत कार्यालयमा कार्यरत ना।सु। टेक बहादुर खड्काको नाममा कायम भएको र बाँकी जग्गा निज राम बहादुर थापाकै नाममा राखेको आयोगले जनाएको छ ।
त्यसैगरी नापी कार्यालयका अमिन गणेश कुमार खिडहरीले कित्ता नम्बर १३७ को फिल्ड प्रतिवेदन बनाउने क्रममा फिल्ड निरीक्षण गरी फिल्ड बुकमा जङ्गल जनिएको, अन्य महलबाट समेत व्यक्तिको नदेखिने सरकारीरसार्वजनिक जग्गालाई व्यक्ति विशेषको नाममा दर्ता गर्न सहयोग पुग्ने गरी स्थलगत प्रतिवेदनमा दर्ता हुन छुट भएको भन्ने ब्यहोरा लेखेको र नायव सुब्बा चन्द्र बहादुर कार्कीले जग्गा दर्ताको कुनै पनि प्रक्रियामा संलग्न रहेको नदेखिए पनि जग्गा दर्ता गर्ने काममा संलग्न मालपोतका कर्मचारी भीम बहादुर खत्री र टेक बहादुर खड्का समेतसँग संयुक्त जग्गा कायम गरी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!