२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुकुम घटनाको दोषीलाई कारवाहीको माग गर्दै माइतिघरमा प्रदर्शन

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

काठमाडौं पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघर मण्डलामा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन्। जातिय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन्। ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता गयो ?, न्याय हराएको देश, देशलाई आन्तरिक युद्धमा नधकेल’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो। रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्दै प्रदर्शन गरिएको हो। अन्तरजातीय प्रमे सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो। अहिले भेरी नपा. ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही सम्पर्कविहीन रहेका छन रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!