२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

औषधी व्यावसायी संघले कारागारको सुरक्षाकर्मीहरुलाई स्वास्थ सामाग्री वितरण

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

(सागर थापा)
नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङले घोराहीमा रहेको कारागारको सुरक्षाकर्मीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । घोराही कारागारमा रहेका सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्य मणी न्यौपानेले जानकारी दिनुभएको छ । अध्यक्ष भुवनेस्वर बुढा उपाध्यक्ष युबराज धिताल सचिव निम कुमार रावत सदस्य सुर्य मणी न्यौपाने लगाएतको टोलीले कारागारका सशस्त्र प्रहरी निरीक्षक तिर्थराज पोख्रेल स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सुरक्षाकर्मीहरु निकै जोखिम मोलेर सो कार्य गरिएको हुँदा नेपाल औषधी व्यावसायि संघ शाखा कार्यालय दाङले अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी दिनरात नभनेर आमनागरिकको सुरक्षामा अहोरात्र बाहिर भित्र आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको सदस्य न्यौपानेका अनुसार पाँच सय थान मास्क ५० पिस स्यानी टाइजर र ३ पाकेट ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]