२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भाग्यमानी अनिल र शर्मिलाको जोडी भए डीएसपीमा बढुवा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

(एबिसी संचार ब्युरो)
काठमाडौं आइतबार मध्यरातमा नेपाल प्रहरीका साठी प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भए ।
रातको करिब २ बजे सार्वजनिक भएको बढुवा सिफारिस सुचीको १६ नम्बरमा शर्मिला गुरुङ र ३८ नम्बरमा अनिलकुमार घिमिरेको नाम डीएसपी बढुवाको लागि सिफारिस भयो । २०६७ भदौ २४ मा प्रहरी निरीक्षकको नियुक्ति लिएर संगै कठोर तालिममा होमिएका अनिल र शर्मिला नाताले श्रीमान श्रीमती हुन् ।
अनिल २०६४ पुस ८ मा प्रहरी सहायक निरिक्षक हुँदै २०६७ भदौ २४ मा खुल्लातर्फ प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए भने शर्मिला २०६७ भदौ २४ मा सिधै प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी थिइन्। ईलाका प्रहरी कार्यालय बनेपाको प्रमुख भइ उत्कृष्ट कार्यसम्पादन गरिसकेका अनिलले महानगरीय अपराध महाशाखामा रहँदा नेपालमा अपराध गरेर भारतमा लुक्दै आएका दर्जनौ अपराधीहरुलाई पक्राउ गर्ने कामको नेतृत्व गरेका थिए ।
महानगरीय प्रहरी प्रभाग बलम्बुको प्रमुखको रुपमा उत्कृष्ट कमाण्ड सम्हालेकी शर्मिला अहिले प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन भने अनिल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!