०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बढुवा भएका नेपाल प्रहरीका डीएसपीले पाए दर्ज्यानी चिन्ह

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७७ जेठ १३ गतेको निर्णय अनुसार प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ६० जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनिहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए ।
व्यक्ति भन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक एवं उच्च मनोबलका साथ दायित्व बोध गर्नुपर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
क्षणिक स्वार्थलाई त्याग्दै राष्ट्र र नागरिकको सेवामा समर्पित भएर पूर्ण नैतिकवान भई काम गर्दै संगठनको गरिमा अझै माथि उठाउन एकताबद्ध भई टिमवर्कमा लाग्नुपर्ने उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिमा मूल्याङ्कनका सूचक र विधिबारे चर्चा गर्दै व्यवसायिक कार्यदक्षता, इमान्दारिता, सेवाभाव तथा कार्यसम्पादनको स्तरलाई आधार मानेर प्रहरी कार्मचारीहरुको मूल्याङ्कन हुने उल्लेख गरे । पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्न बद्लिदो परिस्थितिलाई मध्यनजर राखी व्यवसायिकता प्रदर्शन गर्दै आफ्नो काममा खरो उत्रनुपर्नेमा उनले जोड दिए ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएका प्रहरी कर्मचारीहरुले आफ्नो व्यक्तिगत सुरक्षाको उपायहरु अबलम्बन गरी थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने प्रहरी महानिरीक्षक ज्ञवालीले बताए ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक पृथ्वीनारायण ओलीले संगठनले राखेको अपेक्षा पूरा गरी संगठनको गरिमा माथि उठाउनका लागि सदैव तल्लीन रहने उल्लेख गरे । पदोन्नति पछि प्राप्त थप जिम्मेवारीलाई इमानदारिताका साथ पुरा गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!