०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बेवारिसे रुपमा राखिएको २ नाल बन्दुक सशस्त्र प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

एबिसी संचार
नेपालगन्ज १५ जेठ बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० सिक्टा नहरको डुडुवा पुल नजिकबाट अवैध रुपमा राखिएको २ नाल बन्दुक बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल ५४ नं. गुल्म डेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुरको टोलीले २ नाल भरुवा बन्दुक, १ पैकेट बारुद र खुकुरी १ थान बरामद गरेको हो । सशस्त्र प्रहरी कोहलपुरले जानकारी गराए अनुसार लोड गरिएको २ नाल बन्दुक, केप २२, केपमा प्रयोग हुने पटाका २ थान, बारुद सानो ३ बट्टा ५ सय ग्राम सानो ठुलो छर्रा, दुई व्याग, ३० ग्राम बदेलको कपाल, बन्दुक मर्मत गर्ने सामाग्री तथा पासो बनाउन प्रयोग हुने सामाग्री लुकाएर राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ५४ गुल्म हेड क्वाटर राजस्व चुहावट नियन्त्रण कोहलपुर सशस्त्र प्रहरी नायव उपरिक्षक श्याम कार्कीले जानकारी दिनुभयो । बरामद गरिएको सामाग्री सम्बन्धित निकायमा पठाएको समेत उहाँले जानकारी गराउनुभएको छ । चोरी निकासीका लागि तयारी अवस्थामा राखेको उक्त अवैध सामाग्री फेला परेको कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!