१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

वडाअध्यक्षको रिपोर्ट पोजेटिभ गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

एबिसी संचार
बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् । संक्रमित वडाअध्यक्षसँग सम्पर्कमा रहेको भन्दै गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष र कर्मचारी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बसेका हुन् ।
गाउँपालिका अध्यक्ष थारुसहित केही जनप्रतिनिधि र कर्मचारी वडा नम्बर ३ स्थित आश्रय भवनको क्वारेन्टिनमा बसिरहेको अध्यक्षका स्वकिय सचिव सन्तोष चौधरीले बताए ।
‘वडाअध्यक्ष ज्युमा कोरोना संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसिरहेका छौं, अध्यक्ष ज्यु पनि क्वारेन्टिनतिरै हुनुहुन्छ,’ उनले भने । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीका अनुसार बुधबार राप्तीसोनारीको वडा नम्बर ८ मा ५ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि वडा नम्बर २ मा ३ जना, ७ मा २ र वडा नम्बर ९ मा २ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त गाउँपालिकामा अहिलेसम्म १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
वडा नम्बर ८ मा २७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको हो । वडा नम्बर ९ मा ६ जनाको पिसिआर परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उक्त वडामा यसअघि नै एक जना युवकमा पनि कोरोना पोजेटिभ आएको थियो । वडा नम्बर २ मा २१ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा पोजेटिभ आएको छ । यसैगरी वडा नम्बर ७ मा ४६ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । वडा नम्बर ५ मा संकलन गरिएको २१ ज्नाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए ।
राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले कोरोना पोजेटिभ आएका सबै ब्यक्तिलाई आइसोलेसनमा राखिएको बताए । गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन स्थापना गरिसकेको छ । कोरोना संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जनाए । ‘कोरोना संक्रमण पुष्टी भएका ब्यक्तिको सम्पर्कमा रहेकालाई छुट्टै बस्न भनेका छौं, सम्पर्कमा रहेका ब्यक्तिको नाम लिस्टिङ हुदैछ उनले भने सभार नागरिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!