२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काेहलपुरका दुई युवा व्यवसायीले अात्महत्या गर्नबाट बचाइएकी जितमायालाई सहयोग

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

सागर थापा/महेन्द्र सिंह हालै आत्महत्याको प्रयासबाट बचाइएकी बाँके कोहलपुर निवासी एक महिला र उनको परिवारलाई त्यहाँका स्थानीय दुई युवा व्यवसायीहरुले सहयोग गरेका छन् ।बाकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ अन्तरगत निबुअामा बस्दै आएकी जितमाया बोहरालाई स्थानीय युवा व्यवसायी माइकल सापकोटा र राकेश बिष्टले सहयोग गरेका हुन् । उनको साथमा एउटा दसवर्ष र अर्को ६ वर्षको गरि दुई सन्तानहरु पनि रहेका छन् । उनलाई हाल ५० किलो चामल, ४ लिटर खानेतेल, ५ किलो दाल र नून लगायतका खाद्य सामग्रीहरु सहयोग गरिएको स्थानीय भिमबहादुर थापाले जानकारी गराएका छन् । पहाड घर सल्यान जिल्ला साविकको काभ्रेचौर गाविस घुइयाबारी भएकी ती महिला विगत केही वर्षदेखि कोहलपुर १२ मा सपरिवार बस्दै आएको बताइएको छ । उनका श्रीमान केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा आउने जाने गरे तापनि आफ्नो परिवारलाई कुनै मतलव राख्दैनन भन्नेकुरा स्थानीयहरु बताउँछन् । अाम्दानीकाे कुनै श्राेत नभएको र आफू र आफ्नो परिवारको लालनपालन गर्नुपर्ने ठूलो बाेझ थियोे ती बाेहराकाे थाप्लोमा । यस्तै समस्याबाट अाजित भएर उनलेे अाफ्ना दुई छाेरा सहित अात्महत्याकाे प्रयास गरेकी थिइन् उनलेे । तर गाउँलेहरुको सहयोगबाट उनीहरू बाचेका हुन् । तत्पश्चात कोहलपुरका युवा व्यवसायीहरु माइकल सापकोटा र राकेश बिष्टले उनलाई साे सहयोग गरेको र फेरि पनि सहयोग गर्ने प्रतिबध्दता जाहेर गरेका छन् । याे त एउटा उदाहरण मात्र हो । जारी लक डाउनकाे अवधिभर सापकोटाले यस्ता थुप्रैपटक समाजसेवाका कार्यहरु गर्दै अाएको कुरा स्थानीयहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!