१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

मुस्ताङको नेचुङमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

एबिसी संचार चीनसंग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उद्घाटन गर्नुभएको हो । सो बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरीको टोली खटिने बताइएको छ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् । बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ। सो अवसरमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने बताउनुभयो । कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ भन्सार र क्वारेन्टिन भवन निर्माणका लागि एक हजार रोपनी जग्गाको व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले यसै आवमा भन्सार कार्यालय पनि बनाइने बताउनुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बिओपी स्थापनासँगै सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण, भन्सार गस्ती र विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले देशको सीमा सुरक्षाका लागि कोरलामा बिओपी स्थापना भएको उल्लेख गर्दै यसले यस क्षेत्रको सुरक्षा र आपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ प्याकेजमा आयोजना सञ्चालन भएको छ । सडक विस्तार, कालोपत्र र मोटरेबल पुल निर्माणको काम भइरहेको छ। ११ प्याकेजमध्ये १८ किलोमिटर दूरीको छोसेर–कोरला र जोमसोम–छुसाङ खण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!