०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोरोना माथि बिजय पाउदै आठजना डिस्चार्ज भए

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

बलबिर बिस्वकर्मा
तुल्सीपुर कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोना जितेका उनीहरु शुक्रबार अस्पतालबाट घर फर्केका हुन्।
संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका मेसु डा. सर्वेश शर्माले बताए ।
अस्पतालमा उपचाररत मध्ये ८ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक (हे अ) दोर्ण वलीले जानकारी दिए ।
बाँके नरैनापुरका ३ जना, कपिलवस्तु कृष्णनगरका २ जना, कविलवस्तु कान्धी नगरका १ जना, शिवराज ११ कपिलवस्तु का १ जना र दाङ गढवाका १ जना गरी ८ जना डिस्चार्ज भएको व्यवस्थापक वलीले बताए ।
अस्पतालमा ४० जना कोभिड- १९ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जना डिस्चार्च भएका हुन्। उपचाररत सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!