१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

कोरोना माथि बिजय पाउदै आठजना डिस्चार्ज भए

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

बलबिर बिस्वकर्मा
तुल्सीपुर कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोना जितेका उनीहरु शुक्रबार अस्पतालबाट घर फर्केका हुन्।
संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका मेसु डा. सर्वेश शर्माले बताए ।
अस्पतालमा उपचाररत मध्ये ८ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक (हे अ) दोर्ण वलीले जानकारी दिए ।
बाँके नरैनापुरका ३ जना, कपिलवस्तु कृष्णनगरका २ जना, कविलवस्तु कान्धी नगरका १ जना, शिवराज ११ कपिलवस्तु का १ जना र दाङ गढवाका १ जना गरी ८ जना डिस्चार्ज भएको व्यवस्थापक वलीले बताए ।
अस्पतालमा ४० जना कोभिड- १९ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जना डिस्चार्च भएका हुन्। उपचाररत सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!