१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

संक्रमितलाई लैजानै क्रममा स्थानीयले रोक्न खोजेपछि १२ राउण्ड हवाई फायर

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

एबिसी संचार रौतहट कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानै क्रममा स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । संक्रमितलाइ लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि तनावले उग्र रूप लिएकाे हाे। तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ। दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवादले उग्र रूप लिएकाे हाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

error: Content is protected !!