२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

भारतबाट फर्किनेहरूका लागि सरकारले तोकेका २० नाकाहरु

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

एबिसी संचार
काठमाडौँ । सरकारले भारतबाट स्थल मार्ग हुँदै नेपाल फर्किने नेपालीहरूका लागि २० वटा नाका तोकेको छ ।
कोभिड–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए ।
उनकाअनुसार पशुपतिनगर, काँकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् ।
सरकारले भारतबाट झन्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको बताएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

error: Content is protected !!