१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

लकडाउन खुकुलो पार्ने सरकारको तयारी मन्त्रिपरिषद बैठक ५ बजे बस्दै

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

एबिसी संचार काठमाडौं समसामयिक बिषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। क्याबिनेट बैठक अघि दिउसो ४ बजे सुरक्षा परिषद्को बैठक बोलाइएका छ। बैठकमा सरकारद्वारा गठिन उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ। उक्त समितिको शुक्रबारको बैठकले विदेशमा अलपत्र परेका कामदारको उद्धार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने बिषयमा छलफल हुने बताइएको छ। सरकारले पछिल्लो समय जारी गरेको लकडाउनको मिति यहि २० गते सकिँदै छ। मापदण्ड जारी गर्दै लकडाउन खुकुलो पार्नुपर्ने आवाज चौतर्फी उठ्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!