१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नागरिकहरुको सुरक्षानै हाम्रो रक्षा हो सिडियो : कुरुम्बाङ

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

महेन्द्र सिंह
बाँके जिल्ला सरुवा भइ आएको भोली पल्टै बाँकेको नरैनापुर क्षेत्र जहाँ कोरोना रोगको इपि सेन्टरको रुपमा परिचित स्थानमा पुगी नरैनापुर बासीलाई ढाडस दिएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ शुक्रवार बाँकेको कोहलपुर र राप्तीसोनारी गाँउपालिकाको बजार तथा क्वारेन्टाइनहरुको स्थलगत निरिक्षणमा निस्केका छन् ।
स्थलगत निरिक्षणको क्रममा कोहलपुर आइपुगेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नागरिकहरुको सुरक्षानै हाम्रो रक्षा हो । आफ्नो प्रमुख वर्तमान कार्य हाल महामारीको रुपमा फैलिएको कोरोना रोगथामको रहेको बताउदै रोग नियन्नत्रणका लागि सबै समयन्त्र प्रयोग गर्ने बताए । कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी हरुको भेटमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने सबै किसिमका तस्करी निर्मूल पार्ने बताउदै खाद्य मिसावट ,कालाबजारी ,गाईगोरु तस्कर ,कुखुरा तथा माछा लगायतका अवैद्य कार्य पूर्ण रुपमा रोक्ने प्रतिवद्धता जनाए । भेटघाटका क्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बाँके जिल्लाका सर्वपक्ष विषयहरुमा कोहलपुरलाई भेदभाव नर्गन आग्रह गरेका थिए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ ५ नंं प्रदेश सदस्य नरेन्द्र शर्मा , संघका वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा र महासचिव तेज प्रसाद अधिकारीले आफ्नो भनाई राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!