२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बुद्ध अस्पतालले जोरोको बिरामी उपचार गर्न नमानेको बिरामीको गुनासो

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

एबिसी संचार
दाङ तुलसीपुरबाट उपचारको लागि आएका एक जना बिरामीलाई दाङको घोराहीस्थित बुद्ध अन्तर्राष्ट्रिय अस्पतालले उपचार गर्न नमानेको गुनासो आएको छ । तुलसीपुर निवासी बिरामी अम्मर नेपालीलाई अस्पतालले बाहनाबाजी गरेर उपचार नगरेको हो ।
तुलसीपुरको पाल्पा क्लिनिकले नेपालीको सामान्य उपचारपछि बुद्ध अस्पतालमा रिफर गरेपनि अस्पतालले उल्टै उपचार नगर्दा दुःख पाएको बिरामीका आफन्त सुदा नेपालीले बताइन् ।
सुरुमा भित्र बिरामी लगेको र ज्वरोको बिरामी भनेपछि अस्पतालले बिरामी राख्न नमानेको बताइन् । कोरोनाको बिरामी भनेपछि बुद्ध अस्पतालले राख्ने नगरेको सुदाको आरोप छ ।
रिफर गरेको अस्पतालमा उपचार गराउन आउँदा आफूलाई अस्पतालले ज्वरो आएको भन्दै अस्पतालको भित्रबाट निकालेर गेट बन्द गरेको नेपालीले गुनासो पोखे ।
यस विषयमा बुद्ध अस्पतालका सञ्चालक तथा चिकित्सक डा. रमेश बस्नेतले बिरामी बुद्ध अस्पतालमा आएको र पिसिआर टेस्ट गर्न प्रतिष्ठानमा बिरामी पठाइएको बताए ।
बुद्ध अस्पतालले बिरामी नराखेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठानले बिरामी राखेर भर्ना गरेको छ । जन्डिसको समेत बिरामी भएकाले उनको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ। सभार रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!