२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालमा लकडाउन लम्बिदै तर स्वरुप फेरिने यस्तो छ कारण

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

एबिसी संचार काठमाडौं सरकारले देशव्यापी रूपमा लगाएको लकडाउन जेठ महिनाको अन्तिमसम्म लम्ब्याउने निर्णय गरेको छ। भाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन करिब दुई सय बढेको दिन शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। तर लकडाउन केही खुकुलो बनाउने सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। उनले भने, “लकडाउनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ। लकडाउन सबै क्षेत्रमा एउटै हुनसक्छ भन्ने होइन। अवस्था अनुसार केही फरक हुनसक्छ।” सिमानामा कडाइ अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोक्ने अवधि असार १६ गतेसम्मको निम्ति बढाइएको छ। उनले भने, “सङ्क्रमणको जोखिम सीमापारीबाट पनि बढेकाले सम्पूर्ण आवागमनमा थप कडाइ गर्ने र सीमा वारपार गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जाँच गरेर मात्र लग्ने वा ल्याउने विषयमा छिमेकी मुलुकसँग पनि सहकार्य गर्ने निर्णय भएको छ।” शनिवार बसेको सुरक्षापरिषद्को बैठकले पनि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!