२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

रौतहटमा प्रहरीमाथि हातपात ४ जना घाइते हतियार समेत खोसियो

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

एबिसी संचार
काठमाडौं रौतहटको मौलापुर नगरपालिकामा सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवकाे समूहले राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि समेत आक्रमण गरी घाइते बनाएका हुन् । राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको हो । पहिलो चरणको राहत जसोतसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सृजना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो ।
नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पुर्याएका थिए । तर त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’ प्रत्यक्षदर्शीको भनाई छ ।, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक समेत च्यातिदिए भने हतियारसमेत खोसेका छन् । पछि थप प्रहरी आएपछी मात्र उनीहरूले छोडेका हुन् ।’ हिजो बेलुकै यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउँन खोज्दै घटना सार्वजनिक गरेको छैन् जनता समाचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।