०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

रौतहटमा प्रहरीमाथि हातपात ४ जना घाइते हतियार समेत खोसियो

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

एबिसी संचार
काठमाडौं रौतहटको मौलापुर नगरपालिकामा सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणबाट इलाका प्रहरी कार्यालय मौलापुरका ४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १, मर्यादपुरमा राहत वितरणमा अवरोध गर्दै आएका वडाध्यक्ष रामप्रवेश यादवकाे समूहले राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि समेत आक्रमण गरी घाइते बनाएका हुन् । राहत वितरणमा सहयोग गरेको भन्दै वड़ा सदस्यलाई कूटपिट गर्दै प्रहरीमाथि कुटपिट गरी घाइते बनाइएको हो । पहिलो चरणको राहत जसोतसो वितरण गरेको नगरपालिकाले दोस्रो चरणमा पनि अवरोध सृजना भएपछि प्रहरीको सहयोगमा राहत बाँडेको हो ।
नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्दै गर्दा वडाध्यक्ष रामप्रवेश यादवले अवरोध पुर्याएका थिए । तर त्यस काममा पनि बल प्रयोग गरेर वडाध्यक्षले आफ्ना कार्यकर्ता लगाएर प्रहरीमाथि हातपात गरे’ प्रत्यक्षदर्शीको भनाई छ ।, ‘आक्रमण गर्नेहरुले प्रहरीको पोशाक समेत च्यातिदिए भने हतियारसमेत खोसेका छन् । पछि थप प्रहरी आएपछी मात्र उनीहरूले छोडेका हुन् ।’ हिजो बेलुकै यस्तो घटना भए पनि मौलापुर प्रहरीले यसलाई गोप्य रुपमै मिलाउँन खोज्दै घटना सार्वजनिक गरेको छैन् जनता समाचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!