१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सल्यान जादै गरेको हाइस दुर्घटना १२ जनाको मृत्यु २१ जना घाइते

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

महेन्द्र सिंह
बाँके जेठ १९ हाइस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतका विभिन्न शहरबाट आएका नेपाली नागरिकलाई भारतको रुपैडिहा बजारबाटै हाइसमा राखेर सल्यानतर्फ जाँदै गरेको हाईस बाँकेको ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो । हाइसमा ३३ जना यात्रु सवार रहेका थिए । ना ५ ख ५९९५ नम्बरको हाइस बाँकेको राप्ती सोनारी गाउँपालिका २ स्थित ठुरिया जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । नेपालगन्जदेखि सल्यान तर्फजादै गर्दा ठुरिया जंगलमा दुर्घटना भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार राती बा ४ ख ९०६४ नम्बरको रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरूको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भैरहेको अस्पतालले जनाएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताउनुभयो । प्रहरीले मृतकको सनाखत सुरु गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!