२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रहरीले ४८ घन्टानबित्दै हत्या गर्ने चारजना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

एबिसी क्राइम ब्युरो
दाङ जेठ १८ तुलसीपुरमा युवक हत्या गर्ने चार जना अभियुक्तलाई प्रहरीले ४८ घण्टा नबित्दै सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा कोठा भाडामा बस्दै आएका मन्दीप भुजको हत्यामा संलग्न तुलसीपुर–५ का २० वर्षिय आशिष नेपाली, २३ वर्षिय अजय बुढाथोकी , तुलसीपुर–१८ का २१ वर्षिय ओमबहादुर सार्की र अर्घाखाँची ढिकुरा–४ हाल तुलसीपुर–६ मा बस्दै आएका २३ वर्षिय शौरभ पोखरेलाई प्रहरीले सार्वजनिक गरेको हो ।
शुक्रबार बेलुका तुलसीपुर–९ को एक होटेलमा मादक पदार्थ सेवन गरेका मृतक भुजको साथीबाटै हत्या भएको हो । मृतक भुजले मादक पदार्थ सेवन पश्चात् गाँजा सेवन गर्न थालेपछि साथीभाइबिच विवाद भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार उनिहरुले मृतक भुजलाई धरिलो हतियार प्रहार गरी घाइते बनाएपछि टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका हुन् । उनिहरुले करिब ४० मिटर पश्चिम उत्तर खोलामा ढुंगासमेत लुकाएको पाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताउनुभयो ।
भुजको शब तुलसीपुर–५ को ज्ञानज्योति आधारभूत विद्यालयको पछाडीको खाली जग्गामा फेला परेको थियो । मृतक भुजका एक श्रीमती र एक छोरा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!