१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

दुर्घटनामा घाइते हुनेहरु २० जनाको परिचय खुलेयो

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

एबिसी संचार
बाँकेको राप्ती सोनारीमा १२ जनाकाे ज्यान जाने गरी भएकाे दुर्घटनाका घाइते २० जनाकाे परिचय खुलेकाे छ । घाइते मध्ये सिद्ध कुमाख ४ छापडाँडाका का २८ वर्षिय लाेकेश घर्ति, १८ वर्षिय शिव भण्डारी, शिद्दकुमाख ५ का १८ वर्षिय धन बहादुर बाेहरा, शिद्दकुमाख ५ दहका ४० वर्षिय नेत्र बहादुर बुढाथाेकी, १८ वर्षिय देवेन्द्र खड्का र १७ वर्षिय ज्ञान बहादुर बाेहरा, वनगाड कुपिण्डे ६ घाँजरीका २० वर्षिय मिनराज विक र ५२ वर्षिय दिप बहादुर बुढा, शारदा नगरपालिका ६ कि २६ वर्षिया टिका चलाउने रहेका छन् ।
यस्तै राेल्पा त्रिवेणी ७ का १७ वर्षिय सुनिल परियार, १८ वर्षिय पुरन परियार, २० वर्षिय विरेन्द्र परियार, राेल्पा कुरेलीका ५२ वर्षिय नर बहादुर विक र राेल्पाका ४० वर्षिय दिल बहादुर विक रहेका छन् ।
यस्तै दाङ गढवाका २० वर्षिय भरत थापा, राजपुर २ का २० वर्षिय जिवन घर्ति , राजपुर ६ का २० वर्षिय दिपेश चाैधरी, तुलसिपुर २ खैरिखाेलाका २३ वर्षिय रूपलाल केसि, २ कै ४० वर्षिय विष्णु गिरी र दाङका मेघराज केसी रहेका छन् ।
घटनामा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएकाे थियाे । गाडि ठुरिया जंगलमा राेकिराखेकाे वा ४ ख ९०६४ नम्वरकाे ट्रकमा ठाेक्किएकाे थियाे । । दुर्घटनामा घाइते मध्ये १ जनाकाे उपचारकाे क्रममा ज्यान गएपछि मृतककाे संख्या १२ पुगेकाे ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!