०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

प्रदेश सासद शाहिद्वारा सुरक्षाकर्मी संचारकर्मी स्वास्थ्यकर्मीलाई स्वास्थ सामाग्री बितरण

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र न १ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहि द्वारा कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने पत्रकार ,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री अाज प्रदान गर्नु भएकाे छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएकाे प्रदेश सदस्य शाहिले बताउनु भयाे ।तेसै गरि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षामकर्मी लाई पनि मध्यनजर गर्दै अाज स्वास्थ्य सामाग्री बितरण गरिएकाे शाहिले बताउनु भयाे ।
प्रदेश सासद शाहिले प्रतापपुर गाउपालिका काेे स्वास्थ्य प्रमुख लाई १०सेट पिपिई ,सुस्ता गाउपालिका का स्वास्थ्य प्रमुख लाई ९सेट पिपिई ,ईप्रका बेलाटारीलाई २सेट पिपिई , नेपाल शशस्त्र प्रहरी बल गुठिप्रसाैनी लाई २सेट पिपिई ,बलिनगरमा रहेकाे शशस्त्र सुरक्षा बललाई २सेट पिपिई र ५जना पत्रकार हरुलाई पिपिई सेट सहित माक्स, सेनिटाईजर, ग्लबस लगायतका सामाग्री उपलब्ध गराउनु भएकाे हाे । स्वास्थ्य सामाग्री ग्रहण गर्दै पत्रकार स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुले विभिन्न संघ संस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]